Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १६ पुग्यो, दुई अभियुक्त फरार सूचीमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बिहीबार) थप दुई जना पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाई नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको पाइएपछि प्रकरणमा बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका हुन् ।

यससँगै शरणर्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीसहित ‘हाइ प्रोफाइल’का व्यक्तिसहित १६ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएकामा दुई जना भने फरार छन् ।

यी हुन् प्रहरी नियन्त्रणमा रहेका अभियुक्तहरु:–
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
टोपबहादुर पुत्र सन्दीप रायमाझी
पूर्व गृहमन्त्री बालकृष्ण खाण
सरकारका सचिव टेकनारायण पाण्डे
पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई
पूर्व गृहमन्त्री बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी
पूर्व सभासद आङटावा शेर्पा
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ
अधिकारकर्मी टेकनाथ रिजाल
केशव दुलाल
सानु भण्डारी
टंक गुरुङ
सन्देश शर्मा
सागर राई
गोविन्द चौधरी
रमण केसी
बादल पुत्र प्रतीक थापा (फरार)
ईन्द्रजित पुत्र नीरज राई (फरार)

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ६ : १९ बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।