Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी



काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  १२ : ५३ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।