Logo

राजनीति

स्वास्थ्योपचारपछि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति, सडकमा पनि देखिएन तडकभडक



 

काठमाडौं । भारतमा स्वास्थ्योपचार गराएर फर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक आज संसदमा उपस्थित भएका छन् । गत वैशाख १८ गते उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति पौडेल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार ससद् भवन नयाँ बानेश्वरमा पुगेका हुन् । उनी साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् ।

राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ५ : ०२ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।