काठमाडौं । सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ नारा अघि सार्दै ज्याला स्वतः बढ्ने प्रणाली लागू गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम २०८० ८१ मा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम अघि बढाउने भएको हो।
शुक्रबार संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रमिकको कदर हुनेगरी स्वचालित ज्लाला बढ्ने प्रणाली लागू गर्न लागेको उल्लेख छ। ‘न्युनतम पारिश्रमिक एवं कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्युनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणालीलाई लागू गरिनेछ,’ पौडेलले भने।
प्रतिक्रिया