काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले कंगाल बनेको देशमा गणतन्त्र आएपछि विकास र समृद्धिको नयाँ रेकर्ड बनेको दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै उनले निरंकुश राजतन्त्रको तुलनामा गणतन्त्रमा देश गुणात्मक ढंगले राम्रो बनेको बताए ।
‘६४ सालभन्दा अगाडिको तथ्यांक र सूचक के थिए ? शिक्षा–स्वास्थ्य रोजगारीको अवस्था के थियो ? २०८० मा आइपुग्दा अहिले के छ भनेर मैले संसदमा पनि तुलनात्मकरुपमा राखेको थिए’, प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कंगाल पारेको थियो । विकृति–विसंगति र सांस्कृतिक विचलन धेरै थिए । गणतन्त्र आएपछि विकास र समृद्धिको नयाँ रेकर्ड बनेको तथ्यांकले नै देखाएको छ ।’
हरदृष्टिकोणले निरंकुश राजतन्त्रभन्दा गणन्त्र गुणात्मक ढंगले राम्रो र जनताको पक्षमा रहेको उनले जिकिर गरे ।




















प्रतिक्रिया