Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै



काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । रिक्त रहेका ६ मध्ये तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसबाट राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्तालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  ११ : १६ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।