Logo

प्रमुख समाचार

‘८० प्रतिशत पुरानै कार्यक्रम ल्याइयो भनियो, २० प्रतिशत त नयाँ छ नी के फरक पर्‍याे ?’



काठमाडौं । सांसद जीवन परियारले सरकाले नीति तथा कार्यक्रम पुर्नखेलन गरिएको इतिहास आज नभएको बताएका छन् । शुक्रबार सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार सहभागी हुँदै कांग्रेस सहमहामन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रम पुर्नलेखन गर्ने कुरा पनि सुनेँ’, उनले भने, ‘हामीले २०७४ मा बनेका सरकारका नीति तथा कार्यक्रम पनि हामीले पढेका छौं, सुनेका छौं । पूर्व अर्थमन्त्रीले पेश गरेका बजेट पनि देखेका छौं । तर आजसम्मको इतिहासमा बजेट पुर्नलेखन गरेको इतिहास छैन ।’

उनले विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम परम्परागत नै रहेको बताएको भन्दै भने, ‘नीत कार्यक्रम परम्परागत नै छ । ८० प्रतिशत पुरानै कार्यक्रम ल्याको छ भनेर भनियो । २० प्रतिशत त नयाँ छ नी के फरक पर्यो ?’

उनले राजनीतिक क्रान्त्री सफल भएका उल्लेख गर्दै अब सामाजिक र आर्थिक क्रान्ति सफल बनाउन लाग्नुपर्ने बताए । ‘जोसुकैले अब देशको विकासका खाका बनाउन तयार हुनुपर्छ । एकले अर्कालाई लान्छीत गरेर अपशब्द बोलेर मात्र हुँदैन’, उनले भने ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १२:४२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।