Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ



काठमाडौं ।  लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले आज तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसबाट राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्तालाई थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका हुन् ।

कांग्रेसका खनाल स्वास्थ्यमन्त्री, जनमतबाट गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट अहिर कृषिमन्त्री बनेका छन् ।

त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  १२ : ५४ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।