काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन असार ३ मा हरारे स्पोर्टस क्लवको मैदानमा हुनेछ । उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ ।
नेपालले ५ असारमा अमेरिका, ७ मा वेष्ट इन्डिज र समुहको अन्तिम खेलमा असार ९ मा नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।
समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।




















प्रतिक्रिया