काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले असमान सन्धिसम्झौताबाट देशलाई मुक्त गर्न कसैले चासोन दिएको बताएका छन् । देशका नदीनाला, जनशक्ति र नागरिकलाई नै शरणार्थी बनाएर बेचेको भन्दै उनले अब ढुंगा माटो बेच्न राष्ट्रिय सहमतिको कुरा गरेको टिप्पणी गरे ।
ससामाजिक संजालमा नेता रावलले नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘देशका नदिनाला बेचे, जनशक्ति बेचे, स्वनिर्णको अधिकार बेचे, नागरिकलाई शरणार्थी बनाउँदै बेचे अब ढुंगा माटो बेच्न राष्ट्रिय सहमति रे ! असमान र अपमानजनक सन्धि सम्झौताबाट देश मुक्त गर्न सहमति गर्न चासो छैन। यस्तै क्रियाकलापले मातृभूमि नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन ?’
देशका नदिनाला बेचे,जनशक्ति बेचे,स्वनिर्णको अधिकार बेचे,नागरिकलाई शरणार्थी बनाउँदै बेचे अब ढुंगा माटो बेच्न राष्ट्रिय सहमति रे!असमान र अपमानजनक सन्धि सम्झौताबाट देश मुक्त गर्न सहमति गर्न चासो छैन।यस्तै क्रियाकलापले मातृभूमि नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन?
— Bhim Rawal, PhD (@BhimRawal179) May 24, 2023




















प्रतिक्रिया