Logo

प्रमुख समाचार

ओली र देउवासहितका भीभीआईपीलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा भीभीआईपी आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै उजुरी परेको छ । केही भीआईपी अभियुक्तलगायतलाई पक्राउ गरी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा युवराज पौडेल सफलले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवालसहितका भीभीआईपीलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

उजुरीमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका अन्य भीभीआईपीहरु पूर्वप्रधानमन्त्रीहरु ओली र देउवासहित पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालीन गृह सचिवसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमेकुमार राई, देउवा पत्नी आरजु राणा, बालकृष्ण खाण पत्नी मञ्जु खाण, बादलपत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव अजयक्रान्ति शाक्य, राजेश बज्रचार्यसहितलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ ।

nbsp;

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  ४ : ३९ बजे

1.191k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।