Logo

प्रमुख समाचार

रास्वपाका नेताहरु र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूलाई चिनियाँ दूतावासको टोलीले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेको छ ।

चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेर रास्वपाका नेताहरुसँग भेटघाट गरेको हो।

छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए। भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रास्वपाले जनाएको छ। भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

May be an image of 2 people and text

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १६:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।