Logo

प्रमुख समाचार

शरणार्थी प्रकरणको अनुसन्धानलाई कुनै बहानामा रोक्न खोजिए जनताले सहँदैनन् : झलनाथ खनाल



काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिनादबाब निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् । उनले यो प्रकरण लज्जास्पद विषय भएको भन्दै यसले देशको अस्मिता लुटेको टिप्पणी पनि गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नक्कली शरणार्थी प्रकरण बिथोलिए देशभर आन्दोलन हुन सक्ने समेत बताए । नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १५:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।