Logo

खेलकुद

काभा वुमन्स भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो



काठमाडौं । उज्वेकिस्तानलाई हराउदै नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । घरेलु टोली नेपालले ८ टोली सहभागी प्रतियोगितामा तेस्रो स्थानमा रहदै प्रतियोगिता सकाएको छ । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ ।

उपाधिका लागि भारत र काजकिस्तान आजै भिड्ने छन् । उपाधि भिडन्त दिउँसो सवा ४ बजे सुरु हुने छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १३:२९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।