Logo

स्वास्थ्य

विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी



विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् ।

उनले अब आउने महामारीका लागि मानव जातिले निकै लगानी गर्नुपर्ने अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘ अहिलेको महामारीका कारण विश्वभर २।७१ करोड मानिस संक्रमित भए र ८।८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसक्यो । कयौं देशहरुमा यो भयवाह रुपमा बढिरहेको छ ।

यसको नियन्त्रण गर्न पनि मुस्किल भैरहेको छ ।’ टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित : २४ भाद्र २०७७, बुधबार