Logo

अर्थ

१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने लक्ष्य राखिएको मोदीको भनाइ



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य व्यक्त गरेका छन् । हैदरावाद हाउसमा भारत भ्रमणका क्रममा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको कुराकानीका क्रममा मोदीले यस्तो लक्ष्य रहेको बताएका हुन् ।

आजै दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको छ भने गोरखपुर-भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि बोल्दै मोदीले व्यापार सम्झौताले दुई देशबीचको व्यापारिक सम्वन्धलाई नयाँ उचाई मिल्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।