Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक मंगलवार १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली छाएको छ ।

त्यसैगरी, निर्जीवन बीमा समूह सर्वाधिक १.९३ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५८ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.३९ प्रतिशत, लगानी समूहमा १.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१७ प्रतिशत, लघुवित्त समूहमा ०.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.३० प्रतिशत र व्यापार समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।