Logo

अर्थ

प्याडमा कर बढ्यो, महंगो हुने



काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत तयारी सेनिटरी प्याड आयातमा भन्सार दर ३‍.३ गुणाले बढाएसँगै मूल्य बढ्ने भएको छ । आगामी वर्षको बजेटमा प्याड आयातमा भन्सार दर १‍.५ बाट ५ प्रतिशत पु¥याएकाले मूल्य बढ्ने भएको हो ।अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तयारी सेनिटरी प्याड आयातमा भन्सार दर १.५ बाट बढाएर ५ प्रतिशत पुर्‍याएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्याड आयातमा भन्सार दर घटाएर १.५ प्रतिशत बनाएका थिए। उनले बजेटमार्फत भन्सार दर १५ प्रतिशत पुर्याएका थिए । पछि महिलाहरुले स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री भएकोले ‘रातो कर माफ गर’ भन्दै विरोध प्रदर्शन गरेपछि शर्माले प्याडमा भन्सार दर ९० प्रतिशत छुट दिँदै १.५ प्रतिशतमा झारेका थिए।

हाल आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेर तयारी प्याड मुलुक भित्र्याइरहेका छन् । भन्सार दर महँगिएसँगै अब सेनिटरी प्याडको मूल्य महँगिने भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १८:५८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।