Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेतनामूलक ‘साइकल र्‍याली’



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसकाे अवसरमा चेतनामूलक साइकल र्‍याली गरेकाे छ । बैंकले आउँदै गरेकाे विश्व वातारण दिवस र आज परेको विश्व साइकल दिवसको अवसरमा काठमाडौैंमा डिबिएनको सहयोगमा उक्त र्‍याली गरेको हो ।

बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग, सुन्धाराहुदैं सानो गौचरसम्म पुगेको थियो ।

काठमाडौं लगायत देशभरीको वातावरण पछिल्लो समय खराब हुँदै गएको र जनमानसमा सकरात्मक प्रवाह गरोस् भन्ने हेतुले उक्त र्याली संचालन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १२:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।