काठमाडौं । निरन्तरकाे संघर्षपछि रामजी राम डाक्टर बनेका छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै उनले आफूले लाइसेन्स आफूलाई सघाउनेहरूलाई धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत् शुक्रबार आफू परीक्षामा पास भएको जानकारी दिँदै उनले भनेका छन्, ‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरू, दृश्य अदृश्य रूपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरूहरू, बिरामीहरू, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु ।’
यस्तै आफूले चिकित्सा शास्त्रको अभ्यास आधिकारिक रूपमा गर्न पाउने अनुमति पाएसँगै बिरामीका दुःखहरूले लिने परीक्षामा पनि पास हुन पाऊँ भनेका छन्। रौतहटका रामजी रामले डाक्टर बन्न थुप्रै संघर्ष गर्नुपर्काे थियाे ।
उनले वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबिबिएस गर्ने क्रममा पैसाको अभावले धेरै अपमान झेलेका थिए । एमबिबिएसको परीक्षा दिन गएका बेला कलेजले उनलाई शुल्क नतिरेको भन्दै पटकपटक परीक्षा हलबाट निकालेको थियो। उनी चमार समुदायबाट डाक्टर हुने जिल्लाकै पहिलो व्यक्ति हुन् ।




















प्रतिक्रिया