Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.४९ अंकले बढेर ३६५.१० को विन्दुमा पुगेको छ । कारोबार १ अर्ब ६५ करोड रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ४५ लाख ५७ हजार १६९ कम्पनीका १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१.५७ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी आज होटेल तथा पर्यटन समूह सर्वाधिक ७.३७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.५४ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ३.९३ प्रतिशत, बैंकिङ समूहमा १.४५ प्रतिशत, विकास बैंक समूहमा ३.४७ प्रतिशत, वित्त समूहमा ३.४४ प्रतिशत, लगानी समूहमा २.५१ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३० प्रतिशत, लघुवित्त समूहमा २.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा ३.२० प्रतिशत र व्यापार समूहमा ३.८४ प्रतिशतको बढोत्तरी भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।