काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सांसदहरुलाई दिइँदै आइएको बैठक भत्ता र घर मर्मत खर्च कटौती गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेटमार्फत कर्मचारीको मात्र भत्ता काट्ने तयारी गरिएको भन्दै प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक पादाधिकारीहरुको पनि भत्ता काट्ने आँट गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिए ।
‘अर्थमन्त्रीले कर्मचारीको भत्ता काट्ने भन्नुभएको छ । यो प्रस्ताव राखिरहँदा प्रधानमन्त्री, मन्त्री, सांसद र संवैधानिक पदाधिकारीहरुको भत्ता काट्ने प्रस्ताव ल्याउनुपर्थो’, सांसद पाण्डेले भने, ‘आफूबाट कटौती सुरु गर्यो भनेर जनताले पनि धन्यवाद दिन्थे । अहिले हामीले बैठक भत्ता दैनिक एक हजार रुपैयाँ लिँदै आएका छौं । यही कामको लागि भनेर छानिएर काएका छौं भने भत्ता किन लिने ? काठमाडौंमै घर भएका सांसदहरुलाई घर मर्मतसंभारका लागि भनेर मासिक ९ हजार रुपैयाँ किन दिने ?’
कर्मचारीहरुको मात्र भत्ता कटौती गर्दा राम्रो सन्देश नगएको सांसद पाण्डेको ठहर छ ।




















प्रतिक्रिया