काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले तत्काललाई सहकारी अभियन्ताहरुको आन्दोलन रोकिनुको कारण प्रष्ट्याएका छन् । महासंघले केही दिन अघि सरकारसँग १३ बुँदे माग राखेर सडक आन्दोलन शुरु गरेको थियो । एकाएक आन्दोलन किन रोकियो ? भन्ने प्रश्नमा उनले हालै सार्वजनिक बजेटमा सरकारले सहकारी माथि लाभांश करको व्यवस्था गरेपछि नयाँ मुद्दा पनि थपिएको हुँदा आन्दोलन स्थगित गरिएको बताए ।’यो इस्यू बढी महत्वपूर्ण भएकाले सरोकारवालाहरुसँग छलफल गर्दै नयाँ ढंगले आन्दोलन गर्ने सहमतिपछि तत्काललाई आन्दोलन रोकिएको हो’ उनको भनाई छ ।
नेपाल सहकारी पत्रकार समाज सीजेएन र सहकारी बोर्डले संयुक्त रुपमा आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या चुनौति र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा कँडेललाई बचतकर्ता पीडितहरुले पनि आन्दोलन सुरु गरेकाले डरले आन्दोलन रोकिएको हो ? भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।




















प्रतिक्रिया