Logo

अर्थ

रवि लामिछानेको अर्थमन्त्रीलाई प्रश्न–डडेलधुरा, गोरखा र नुवाकोटमा कति बजेट पार्नुभयो खुलाइदिनुुस् ?



काठमाडौं । प्रतिनिधी सभाको बीहिवारको बजेटमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन गरेको विकास बजेटमाथि प्रश्न उठाएका छन् ।लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरे-‘बजेट बनाउने क्रममा आज सदनलाई नढाँटी भनिदिनुस् कती विवेक प्रयो गर्नुभएको छ ?’ कांग्रेस सभापतिको गृह जिल्ला डडेल्धुरा, प्रधानमन्त्रीको चुनावी जिल्ला गोरखा र अर्थमन्त्रीको गृह जिल्ला नुवाकोटमा कति विकास बजेट छुट्याइएको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने–‘मैले सुनेको छु,कूल विकास बजेटको ५० प्रतिशत बजेट यी ३ जिल्लामा परेको छ ।मन्त्रीज्यूले नै प्रष्ट्याइसिदनस्।’उनले मन्तब्यका क्रममा जनताको न्यूनतम् आधारभूत आवश्यकताका क्षेत्रमा कुनै परिवर्तन गर्ने गरी बजेट छुट्याइएन भने पाँच वर्षपछि भोट माग्न जनतामा जान सक्ने अवस्था नरहने जिकिर गरे ।उनले अगाडि थपे–’जनताको अवस्था के छ हेर्न यो संसद हलको एक कुनामा सार्तै प्रदेशको सरकारी अस्पतालको लाइभ सीसीटीभी फुटेज हेर्ने व्यवस्था गरौं,अर्को कुनामा त्रिभुवन विमानस्थलमा विदेशिन तम्तयार युवाहरुको लाइभ भिडियो हेरौं र अर्को एक कुनामा सातै प्रदेशका सामुदायिक विद्यालयको भिडियो हेर्ने व्यवस्था गरौं।,अनी पाँच वर्षपछि अहिले र पहिले भनेर तुलना गरौं ।’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १३:१५   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।