काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य अंकले बढेको छ ।
यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.२७ अंकले उकालो लागेको हो । योसँगै नेप्से परिसूचक १९३९.६१ को विन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०५ अंकले घटेर ३६४.४२ को विन्दुमा पुगेको छ ।
त्यसैगरी, नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता सेयर कारोबार रकम २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बढीको भएको छ ।




















प्रतिक्रिया