काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालले धेरै लाभ लिन सक्ने उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउनुपर्ने माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्तरगंगाको विषय नसमेटिएको भन्दे उनले असन्तुष्टि जनाए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सहभागी हुँदै सांसद भट्टचनले भने, ‘ ‘नेपालको सबैभन्दा राम्रो सुख्खा याममा १०० प्रतिशत फल दिने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाबारे किन सोच्न सकेका छैनौं । ३५ वर्ष अगाडि जायिकालले गरेको अध्ययनले सबभन्दा फिजिबल भनेको छ, यो शुरु नगर्नेमा के कारण छ ?’
बाग्लुङको ढोरपाटन र निसिखोला क्षेत्रमा पर्ने यो बहुद्देश्यीय आयोजनाको हेडग्रेसबाट ८२८ र टेलग्रेसबाट ८६० गरी १६ सय ८८ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए ।
सांसद भट्टचनले बौद्ध धार्मिक स्थल समेटेर निर्माण गरिने भनिएको बुद्ध सर्किटमा मनाङ र मुस्ताङ जिल्लालाई समेटन पनि सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी उनले बाग्लुङ र मुस्ताङ जिल्लामा अनलाइन कक्षा संचालनका लागि चीनको एक्जिम बैंकबाट १३ अर्ब रुपैयाँ लिने सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण अगावै गर्न आग्रह गरेका छन् ।




















प्रतिक्रिया