काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई नेपालले १ सय ५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ३० रन बनाएर आउट भए । गुलसनकुमार झाले २४ रन बनाउँदा आरिफ शेखले १८ रन बनाए । भीम सार्कीले १० रन बनाए । प्रतिश जि.शीले १९ तथा सोमपाल कामीले १८ रन बनाए ।
नेपालका लागि ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका अर्जुन साउदले पनि ४ रन मात्र बनाए । अर्का ओपनर कुशल भुर्तेल ९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए । यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ ।




















प्रतिक्रिया