Logo

अर्थ

वर्तमान आर्थिक सङ्कटलाई समाधान गर्ने गरी बजेट आएको छ : सांसद यादव



काठमाडौं । सांसद दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, “देश अहिले सङ्कटमा छ, त्यो सङ्कटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।”

सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्ने थलो मधेसलाई बजेटले छुन नसकेको पनि उनले टिप्पणी गरे । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १६:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।