Logo

अर्थ

‘सांसद विकास कोष’बारे अर्थमन्त्रीकाे स्पष्टीकरण– ‘यो सांसदको खल्तीमा जाने होइन, पुँजीगत खर्च नै हो’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषको नामले चिनिएको संसदीय क्षेत्र पूर्वधार विकास कार्यक्रमबारे धेरैमा ‘कन्फ्यूजन’ देखिएको बताएका छन् । सामेबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो सांसदले खल्तीमा राख्न विनियोजन गरिएको जसरी चर्चा गरियो’, उनले भने, ‘तर यो होइन । यो संसदीय क्षेत्र पूर्वधार विकास कार्यक्रम हो । भौतिक पूर्वधारका लागि यसको माग ठूलो छ । विशेष गरी सडकमा धेरै छ । हामीले कदमकदाचित कुनै ठाउँमा छुट्यो वा कम भयो भने यो यो कार्यक्रम छ र त्यसमार्फत चाहिँ कमसेकम पाँच करोड सुनिशिचत हुन्छ भन्ने हाम्रो लक्ष्य हो । यो पुँजीगत खर्च नै हो । कुनै प्रतिरक्षात्मक हुनुपर्ने कुनै कारण छैन ।’

यस कार्यक्रममार्फत बढीमा पाँच वटा शीर्षकामा कम्तिमा एक करोडसम्मका योजना सांसदले सिफारिस गर्न सक्ने बताए । त्यसका लागि सम्पूर्ण काम सम्बन्धित मन्त्रालयबाट हुने उनले बताए । ‘ठेक्का सांसद आफैले लाउने होइन । यो सबै काम सम्बन्धित मन्त्रालयमार्फत हुन्छ । जुन क्षेत्रको हो त्यो मन्त्रालयमार्फत खर्च हुन्छ’, उनले भने, ‘सांसदले सिफारिस पनि गर्न नहुने भन्ने कुरा जायज छैन ।’

अब यसबारे कार्यविधि आउने र दुविधामा पर्न आवश्यक नरहेको पनि बताए । कोही सांसदले लिन नचाहेको खण्डमा त्यसैअनुसार व्यवस्था मिलाइने पनि बताए । ‘कार्यविधि आउँछ । यसबारे धेरै कन्फ्यजनमा पर्नुपर्ने कारण छैन’, अर्थमन्त्री महतले भने, ‘यो लिन नचाहने सांसद कोही हुनुहुन्छ भने त्यस्तो अवस्थामा रकमान्तर गरेर अन्य पुँजीगत खर्च गर्न मिल्छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १४:०६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।