Logo

अर्थ

७.७९ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार



काठमाडौं । सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.७९ अंकले बढेको हो । योसँगै नेप्से परिसूचक १९८७.८७ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५ को विन्दुमा पुगेको छ । कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन् ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १०.७८ प्रतिशतले उकालो लागेको छ । उत्पादन तथा प्रशोधन समूह २.०५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ ।

आज वित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक समूह ०.५० प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्डमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १६:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।