Logo

अर्थ

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार पनि सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ११:०१   :  बजे

474
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।