Logo

अर्थ

घोराही सिमेन्टको आइपीओ आजबाट बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति सेयर ४३५ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको सेयर समेत जोडेर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेकोमा कुल ७७ हजार २ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरमा असार ४ गतेसम्म र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्री पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योग हो । वि.सं २०६४ सालमा दर्ता भई वि.सं २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरी व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

यससँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचीकृत छ । शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपिओ निष्काशन गरेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ११:२२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।