काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबाट धेरै सुविधा नखोज्न आग्रह गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन नेपाल म्यानले मौद्रिक नीतिका लागि आवश्यक सुझाव माग गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।
गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो प्राथमिकता मुद्रास्फिती नियन्त्रण गर्ने र बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने रहेको बताउँदै सरकारले ल्याएको बजेटलाई साथ दिने गरी मोैद्रिक नीति ल्याइने बताए । उनले भने –‘कोभिडको विषम परिस्थितिमा दिएको सुविधा आगामी मौद्रिक नीतिमा पनि निरन्तरता हुन्छ भनेर अपेक्षा नगर्दा हुन्छ।,असहज अवस्थामा दिएको सुविधा सहज हुँदा खोज्नु अनावश्यक महत्वाकांक्षा हो ।’




















प्रतिक्रिया