Logo

अर्थ

विवादित करबारे अर्थमन्त्रीले भने– ‘पूनरावलोकन हुनसक्छ’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एफपीओ र मर्जर एक्विजिसन करबारे पूनरावलोकन गर्न सकिने संकेत गरेका छन् ।बैंकर्स र बिमक संघका प्रतिनिधिहरुसँगको भेटमा उनले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदाले अघिसारेका करका विषयमा आफूले पूनरावलोकन गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटमा अर्थमन्त्रीले महालेखाको प्रतिवेदन र मौजुदा कानुनहरुको अवस्थालाई अध्ययन गरेर जवाफ दिने बताएका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष, जीवन बिमक संघका अध्यक्ष, नेपाल बीमक संघका अध्यक्ष लगाएतको टोली अर्थमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । उनीहरुले आर्थिक विधेयकमा रहेको २६, २७ र २९ नम्बर बुँदाले अघिसारेका करका विषयहरु संशोधन नभए नेपालको अर्थतन्त्र धरासायी हुने, पुँजी पलायन हुने, लगानीकर्ताको मनोबल गिर्ने भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १३:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।