Logo

खेलकुद

नेपालले तेस्रो खेल हङकङसँग खेल्दै



काठमाडौं । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुँदैछ ।

एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे मङककमा सुरु हुनेछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।