Logo

अर्थ

कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याँकियो



काठमाडौं । गोलभेंडाको उचित मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याकेर किसानहरुले विरोध गरेका छन् । नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका हुन् । समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको किसानहरुको आरोप छ ।

४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको तर भारतीय गोलभेंडा भने ४० रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको भन्दै किसानहरुले गोलभेँडा फालेर आन्दोलन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको तर भारतीय गोलभेंडाले बजार पाएको किसानहरुको दुखेसो छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार ११:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।