Logo

खेलकुद

जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ ।

नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो ।

नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो । नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १२:५४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।