Logo

खेलकुद

विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतक पूरा



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

घरेलु टिम जिम्बावेले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे । उनले ८ चौका प्रहार गरे । भुर्तेल नेपालको तर्फबाट टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन् । नेपालका लागि कुशल (५० रन) र आसिफ (२९ रन) बनाएर खेलिरहेका हुन् ।

जीवनदान पाउँदा कुशलले १२ बलमा १ रन बनाएका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १४:२५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।