Logo

खेलकुद

जिम्बाव्वेविरुद्ध आसिफ शेखको अर्धशतक



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

आसिफले ८३ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो । नेपालले अहिले २९ ओभरमा कुनै विकेट नगुमाई १ सय ५६ रन बनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १४:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।