काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेकाे छ । यस दिन सेयर बजार २.५६ प्रतिशतले बढेको छ ।
आज कारोबार मापक नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा उक्लिएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २० लाख ९५ लाख ९६६ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन बैंकिङ समूह बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ । यस दिन १९० कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेंछियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।




















प्रतिक्रिया