Logo

समाचार

तरुण दलद्वारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग



काठमाडौं । नेपाल तरुण दलले ब्लड क्यानसर पीडित बालककाे उपचारका लागि आर्थिक सहयाेग गरेकाे छ । काभ्रेकाे तेमाल गाउँपालिका वार्ड न.७ चापाखोरी कुरुवास निवासी अनिल कुमार मोक्तान र शान्तिमाया तामाङको ब्लड क्यान्सर पीडित दश  वर्षीय छोराकाे उपचाररार्थ तरुण दलले सहयाेग  रकम हस्तान्तरण गरेकाे हाे ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज सिभिल अस्पताल मिनभवनमा उपचाररत अंकित कुमार मोक्तानलाई अस्पतालमै गएर रु एक लाख तीस हजार (रु १,३०,०००)आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले नआत्तिन आग्रह पनि गरे । साथै नेपाल सरकार र अस्पताल प्रशासनलाई पनि उपचारमा सहयोगको लागि पहल गर्ने र देशभरिको तरुणहरुलाई पनि आग्रह गर्ने पनि बताए ।

करिब छ महिना पाटन अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता नलागेपछि दुई महिना अगाडि सिभिल अस्पतालमा उपचार गर्न ल्याउँदा छाेरा ब्लड क्यान्सरबाट पीडित भएको थाहा पाएर उपचार गराइरहेको बिरामीको बुवा अनिलले बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रमा नेपाल तरुण दलको काभ्रेको विभिन्न तह र तप्कामा रहेका तरुणहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १७:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।