काठमाडौं । चौतर्फी आशंका र विवादका बीच नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन तथा ब्रिकी प्रक्रिया रोक्ने निर्णय गरेको छ ।१ करोड भन्दा बढी झुठा आवेदन भरेर सोझासाझा लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भए लगत्तै बोर्डले सोमबार स्थगित गर्ने निर्णय गरेको हो ।
यस अघि बोर्ड अध्यक्ष हमालले छानबीन कमिटि गठन गरेर कारबाही गर्ने बताएका थिए । तर सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई घोराही सिमेन्टले नक्कली ओभरसब्स्क्राइब्ड आवेदन देखाएर चलखेल गरेको जानकारी गराएपछि बोर्डले हाललाई आइपीओ निश्कासन तथा बिक्री प्रक्रिया रोक्का गरेको हो ।





















प्रतिक्रिया