Logo

अर्थ

दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ ।

बजार आज १४.०५ अंकले घटेकाे हो । योसँगै नेप्से परिसूचक २०५०.७८ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०३ अंकले घटेर ३८६.११ को विन्दुमा पुगेकाे छ । कारोबार साढे ३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ ।

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.८४ प्रतिशतले उकालो लागेको छ । उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.११ प्रतिशत र व्यापार समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ ।

आज जलविद्युत समूह सर्वाधिक १.६२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८२ प्रतिशत, विकास बैंक समूहमा १.३६ प्रतिशत, लगानी समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १५:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।