Logo

खेलकुद

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल २–० ले पछि



काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालविरुद्ध कुवेतले दुई गोलको अग्रता बनाएको छ ।

खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गर्दै सुरुवाती अग्रता दिएकामा ४२औं मिनेटमा शाबैब अल्खाल्दीले कुवेतको अग्रतालाई दोब्बर बनाएका हुन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १६:४२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।