Logo

खेलकुद

ओमनसँ पनि हार्‍याे युएई, सुपर सिक्स पुग्ने सम्भावना कठिन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतकाे आफ्नो दोस्रो खेलमा युएई ओमानसँग पराजित भएको छ । बुलवायो स्पोर्टस् क्लबमा भएको खेलमा ओमान ५ विकेटले विजयी भएको हो । युएईले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

ओमानको जितमा मोहम्मद नदिम, सोयव खान र अकिव ईलियासले अर्धशतक बनाए । १४ रनमा २ विकेट गुमाएको ओमानका लागि तेस्रो विकेटका लागि अकिव ईलियास र सोयव खानले १ सय ३३ बलमा १ सय रनको सानदार साझेदारी गरेका थिए । सोयव खान ६१ बलमा ४७ रन बनाएको अवस्थामा रिटायर्ट हर्ड आउट भएका थिए । ईलियासले ७५ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए ।

मोहम्मद नदिम र आयान खानले छैटौं विकेटका लागि ७६ बलमा ७६ रनको महत्वपूर्ण साझेदारी गरे । आयान खान ३६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४१ रनमा आउट भए । आयन खान आउट भएसँगै रिटायर्ट हर्ड भएर मैदान छाडेका सोयव खान आएका थिए । सोयब खानले ५ रन थपेर अविजित रहे ।

मोहम्मद नदिमले ५७ बलमा ५ चौकाको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । युएईका लागि जुनेद सिद्धिकी र रोहन मुस्ताफाले समान २/२ तथा आयान खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । युएईका लागि आयान खानले ५२ बलमा १० चौकाको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले ८४ बलमा ३ चौकाको सहयोगमा ४९ रन बनाए ।

युएईले ओपनर मुहम्मद वासिम तथा रोहन मुस्ताफलाई समान ८/८ रनमा गुमाएको थियो । तेस्रो विकेटका लागि वृत्य र रमिज शाहजादले १ सय २७ बलमा ८७ रनको महत्वपुर्ण साझेदारी गरेर युएईलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर, निरन्तर विकेट गुमेपछि ओमान खेलमा हाबी भएको थियो । शाहजादले ५१ बलमा ५ चौकाको सहयोगमा ३८ रन बनाएका थिए ।

छैटौं विकेटका लागि आसिफ खान र आयान खानले ३० बलमा २० रनको महत्वपुर्ण साझदारी गरेका थिए । आसिफ खानले ४४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए ।

आठौं विकेटका लागि कार्तिक मैयप्पन र आयान खानले ४० बलमा ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मैयप्पन ७ रनमा आउट भए । ओमानको लागि जय ओडेराले ३ तथा फैयज बट र बिलाल खानले समान २/२ विकेट लिए ।

लगातार दोस्रो जित हात पारेको हो । यो जितसँगै ओमान ४ अंकका साथ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । र, ओमानले सुपर सिक्सको सम्भावना बलियो बनाएको छ । दोस्रो खेलमा दोस्रो हार व्यहोरेको युएई अंक बिहिन रुपमा समूह बी को चौथो स्थानमा रहेको छ । यस हारसँगै सुपर सिक्स पुग्ने युएईको सम्भावना कठिन बनेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार २१:५६   :  बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।