आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाइरहेको नेपाललाई छैटौं झड्का लागेको छ । छैटौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए ।
नेपालले २९ ओभरमा ६ विकेटको क्षतीमा १२९ रन बनाएको छ । नेपालले कप्तान रोहित पौडेललाई व्यक्तिगत ३०, आसिफ शेखलाई २८,कुशल भुर्तेललाई ५,भीम सार्कीलाई २ र कुशल मल्ललाई २ रनमा गुमायो ।
त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा ३३९ रन बनायो ।
यो खेल जिते नेपालको सुपर सिक्सको सम्भावना बलियो हुनेछ ।




















प्रतिक्रिया