Logo

अर्थ

सेयर बजारमा उछाल, कारोबार रकम ६ महिनायताकै उच्च



काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले तरलता सहज अवस्थामा रहेको देखाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन् । त्यस्तै ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९.६४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५.४५ विन्दुमा पुगेको छ ।

आज नेप्से बढेसँगै ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ता भन्दा बढी सेयर खरिदबिक्री भएको छ ।

शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स र सामलिङ पावरको सेयरभाउमा १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १५:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।