Logo

अर्थ

घोराही उपमहानगरले ल्यायाे २ अर्ब १५ करोडकाे बजेट



दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशनमा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरिन् ।

उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ३२ करोड ९० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार , प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ। त्यस्तै बैंक मैज्जात ३६ करोड रहेको छ ।

घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति : असार १०, २०८० आईतबार  ५ : ३४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।