Logo

अर्थ

पशुपतिनाथ मन्दिरमा राखिएकाे जलहरीमा सुन नहराएकाे प्रारम्भिक ठहर



काठमाडौं । पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा अख्तियार अनुसन्धान आयोगको टोलीले गरेको प्रारम्भिक अनुसन्धानले सुन नहराएको ठहर गरेको छ । अनुसन्धानका क्रममा जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको छ । अनुसन्धानका लागि आइतवार पशुपति गर्भगृहबाट झिकिएको जलहरीलाई पुनः मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी बनाइएको सुनको जलहरी निर्माणका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । त्यसमा २ किलो ८९० ग्राम तामा, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत मिसाएर १०७ किलो ९२४.७५ ग्रामको जलहरी निर्माण गरिएको थियो ।बाँकी सुन ज्योतिर्लिङ्ग वरिपरी रिङ बनाउन प्रयोग गरिएको भनिएपनि २०७८ सालमा महालेखाको कार्यालयले रिङ बनाएको भने पनि त्यसको आधार पेश नभएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनको हिसाबकिताब नभेटिएको विषय सार्वजनिक गरेको थियो ।त्यसपछि यो विषयमाथि सर्वथा आशंका उब्जिँदै जादाँ जलहरी प्रकरण अख्तियारसम्म पुगेको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १३:०७   :  बजे

381
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।