Logo

अर्थ

दोहोरो अंकले बढ्यो नेप्से, सवा ५ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजार सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ ।

बजार आज ११.६९ अंकले बढेको हो । योसँगै नेप्से परिसूचक २१२९.४२ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले बढेर ३९९.११ को विन्दुमा पुगेको छ । कारोबार सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा किनबेच भएका छन् ।

आज लघुवित्त समूह सर्वाधिक ३.९९ प्रतिशतले उकालो लागेको छ । वित्त समूह ३.११ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६९ प्रतिशत, विकास बैंक समूहमा ०.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८४ प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५० प्रतिशत र म्युचुअल फन्ड समूहमा १.३७ प्रतिशतको बढोत्तरी भएको छ ।

आज निर्जीवन बीमा समूह सर्वाधिक ०.९७ प्रतिशतले ओरालो लागेको छ । अन्य समूह ०.५४ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.४४ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र व्यापार समूहमा ०.२४ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १६:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।